शक्ति संघ र सुकना भेटरन्स विजयी

IMG_20221204_195550.jpg

४ दिसम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शक्ति संघले एकतर्फी जीत हासिल गऱ्यो । कालीझोड़ा फूटबल मैदानमा आइतवार भएको म्याचमा शक्ति संघले सिटोंग एफसी-लाई ५-०-ले पिट्यो। विजेता टीमबाट दिपसोन थापा एक्लैले ४ गोल गरे। यसबाहेक ओंगछिरिंगले १ गोल गरे। यसबाहेक भेटरन्स टुर्नामेण्टमा सुकना भेटरन्सले मिलनमोड़ भेटरन्सलाई ६-१-ले पराजित गऱ्यो। ओपन टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement