४ दिसम्बरः युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा खुल्ला नक्आउट फूटबल टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। नागरी फार्म खेल मैदानमा आज भएको उद्घाटन म्याचमा भाह तकभरले गोपाल धारा फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। आज मुख्य अतिथिको रूपमा जीटीए चेयरम्यान अञ्जुल चौहान उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। फाइनल २९ जनवरीमा हुनेछ भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।









