सिलगढ़ी प्रीमियर लीगः आठेरोखाई सरोजनी संघ विजयी

IMG_20221204_194401.jpg

४ दिसम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा आठेरोखाई सरोजनी संघ अझ एउटा जीतको साथ ग्रुप विजेता बन्यो। कञ्चनजंघा स्टेडियममा आइतवार भएको म्याचमा आठेरोखाई सरोजनी संघले सशस्त्र सीमा बल (एसएसबी)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट जीत तामाङले ३६औं र सिल्बानुस एक्काले ६२औं मिनटमा गोल गरे। यसरी नै एसएसबी-बाट रञ्जीत हारफोरमाले १८औं मिनटमा गोल गरे। विजेता टीमका स्टपर जीत तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब सोमवार खेलिने महत्त्वपूर्ण म्याचमा देशबन्धु स्पोर्टिंग युनियन र विवेकानन्द क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement