४ दिसम्बरः युनाइटेड मञ्जु फूटबल क्लबको तत्त्वावधानमा आयोजित मणि खवास स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याच खेलियो। मञ्जु खेल मैदानमा आज भएको म्याचमा लाली गुराँस स्पोर्टिंग क्लब, खोप्रेलले बुङकुलुंग एफसी-लाई टाईब्रेकर (बेस्ट अव् थ्री)-मा १-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। आजको विजेता टीमले १० दिसम्बरको दिन खेलिने पहिलो सेमिफाइनलमा कृष्ण ७ गोपाल धाराको चुनौती स्वीकार्नेछ।

यसरी नै दोस्रो सेमिफाइनल ११ दिसम्बरमा पशुपति नेपाल र भोला सेभेन सिंगबुलीबीच खेलिनेछ। फाइनल १७ दिसम्बरमा हुनेछ। आजको म्याचमा मुख्य अतिथिको रूपमा रविन्द्रनाथ हायर सेकेण्डरी स्कूलका प्रिन्सिपल कैलाश राई उपस्थित थिए। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









