भागोप्रमो रोहिणी खण्ड समिति गठन

IMG-20221204-WA0355.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको रोहिणी खण्ड समिती गठन गर्न हेतु एक जरुरी सभा केन्द्रीय समिति सदस्य सन्तोस लामाको सभापतित्वमा सम्पन्न भयो। समष्टि सचिव ललित प्रधानले संचालन गरेको सभालाई पंखाबारी लङ्भ्यु अम्बटे समष्टिको कार्यकारी सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाईली, समष्टि सभापति मणिराज डुम्जन, प्रदीप प्रधान, उदीप राई, चमेरा बोम्जन, थेबा बल, दिवस लामा, अनिला राई, उत्तम मुखिया,दिपेन थापा, आदिले सम्बोधन गरेका थिए। खण्ड समिति गठन गर्न राखिएको सभालाई सम्बोधन गर्दै समष्टि कार्यकारी सभासद कल्पना प्रधानले हाम्रो रोहिणी राम्रो रोहिणी हुँदै गएकोमा खुशी व्यक्त गरिन्। खरसाङ महुकमा अन्तगर्त रोहिणी क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा विकसित भइरहेको पनि जनाइन्। सभालाई सम्बोधन गर्दै मनोनीत सभासद प्रणाम रसाईलीले यसपाली सभासद भोटको परिणामले रोहिणी क्षेत्रमा संगठन दह्रिलो भएको प्रमाण दिएको बताए साथै सभासद भोटपछि रोहिणी क्षेत्रले म रोहिणी नभएर हाम्रो रोहिणी भएर कार्य गरिरहेकोमा खुशी व्यक्त गरे। सभालाई सम्बोधन गर्दै समष्टि सभापति मणिराज डुम्जनले आज गठन हुने खण्ड समितिमा नारी शक्ति, युवा शक्ति साथै भातृ संगठनका व्यतित्वहरूलाई समावेश गरी दह्रिलो खण्ड समिति गठन गर्ने सुझाव राखे। रोहिणी क्षेत्रलाई लिएर गठन गरिएको खण्ड समितिको सभापति पदको निम्ति प्रदीप प्रधानलाई चयन गरियो। त्यसरी नै चमरे बोम्जन, भरत राई, केशव प्रसाद गरी तीनजनालाई सभामा उप-सभापति पदको निम्ति सर्वसम्मतिले चयन गरियो।

कल्याण राणालाई सभाले सर्वसहमतिले सचिव पदको निम्ति चयन गरियो भने सह-सचिव उदिप राई, उत्तम थापा साथै राजु ठोकरलाई चयन गरियो साथै प्रमुख सल्लाहकारको रूपमा मिलन रसाईली, गजेन प्रधान,केशव प्रसाद,राजमान राई आदिको नाम आज सम्पन्न सभाले सर्वसम्मतिले चयन गरियो। सभामा पंखाबारी लङ्भ्यु अम्बटे समष्टि कार्यकारी सभासद कल्पना प्रधान, मनोनीत सभासद प्रणाम रसाईली, केन्द्रीय समिति सदस्य सन्तोस लामा, खरसाङ महुकमा समिति सदस्य मिलन रसाईली, गजेन प्रधान, प्रवक्ता अनुप रामुदामु, खरसाङ महुकमा उप सभापति प्रेम प्रधान, खरसाङ महुकमा समितिको प्रतिनिधिगण, समष्टि सभापति मनिराज डुम्जन, सचिव ललित प्रधान, लंगभ्युका संयोजक मौसम लामा आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement