दार्जिलिङ हिल म्याराथनको ९औं संस्करण सम्पन्न

IMG_20221204_183752.jpg

नानीहरूलाई मोबाइल होइन खेल मैदानमा ल्याएर ट्यालेन्टलाई निखारेको राम्रो हुन्छ: सपना बर्मन

दार्जिलिङ: आज दार्जिलिङ पुलिसको आयोजनामा दार्जिलिङ हिल म्याराथन सम्पन्न भएको छ। प्रत्येक वर्ष दार्जिलिङमा आयोजना गरिने दार्जिलिङ हिल म्याराथनको यसपाली ९औं संस्करण सम्पन्न भएको छ। दार्जिलिङ हिल म्याराथन यस क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित म्याराथन रहेको छ। यसमा भारतबाट मात्र होइन तर विश्वभरिका रनरहरूले यस म्याराथनमा सहभागिता जनाउने गर्छन्। यस म्याराथनमा दुईवटा क्याटोगरीहरू २१ किलोमीटर र १० किलोमीटर गरेर महिला पुरूष गरी न्याराथन सम्पन्न गरिएको थियो। यसपाली यस म्याराथनमा मुख्य आकर्षणको रूपमा एशियन गेम्समा गोल्ड मेडल बिजेता रनर सपना बर्मन उपस्थित रहेका थिए भने उत्तर बंगाल पुलिसको आईजी डीपी सिंह पनि उपस्थित रहेका थिए।
गत वर्षहरू झैं यसपाली पनि उक्त म्याराथन दार्जिलिङको चौरास्ताबाट शुरु गरिएको थियो।
यसपालीको ९औं दार्जीलिङ हिल म्याराथानको २१ किलोमिटरको प्रतियोगितामा क्रमैले रिचा भादुड़िया, सुशन सेबे, सुरतराज सुब्बा अनि प्रवेश तामाङ प्रथम भए। दार्जीलिङको चौरास्ताबाट शुरू भएको 34 वर्षसम्म उमेरका महिला वर्गको २१ किलोमिटरको म्याराथानमा रिचा भादुड़िया प्रथम, ताम्सो सिंह दोस्रो र मुयाङ्गा क्रिस्टिन काम्बुआ तेस्रो भए भने २१ किलोमिटरकै ३५ वर्षमाथिको महिलावर्गको म्याराथानमा प्रथम सुशन सेबे, दोस्रो अनुराधा गुरूङ अनि तेस्रो रेणु माथपाल भए। यसबाहेक २१ किलोमिटरको ३४ वर्षसम्मका पुरूष वर्गको दौड़मा सुरतराज सुब्बा प्रथम, सरोज मङ्गर दोस्रो र अनिल गुरूङ तेस्रो भए भने ३५ वर्षमाथिको यस प्रतियोगितामा प्रवेश तामाङ प्रथम, निमेश छेत्री दोस्रो र सुवर्ण सुब्बा तेस्रो भए। यति मात्रै होइन, पुलिसको लागि आयोजना गरिएको २१ किलोमिटरको म्याराथानमा ओकितलाङ सिम्ली प्रथम, आशिष सुब्बा दोस्रो अनि मनोजकुमार सिंह तेस्रो भए भने स्थानीय पुरूषवर्गको लागि भएको २१ किलोमिटरकै दौड़मा मोहित सुब्बा प्रथम, वाङदोर्जी तामाङ दोस्रो र निमेश छेत्री तेस्रो भए। यसबाहेक स्थानीय महिलावर्गको २१ किलोमिटरको दौड़मा बन्दना सुब्बा प्रथम, अनुराधा गुरूङ दोस्रो र छिरीङ लमु भोटिया तेस्रो भएका छन्। दार्जीलिङ पुलिसद्वारा आयोजना गरिएको २१ किलोमिटर र १० किलोमिटरको म्याराथानलाई विभिन्न वर्गमा विभाजन गरिएको थियो। जसमा देशका विभिन्न राज्य, स्थानीय अनि विदेशका हजारौं धावक-धाविकाहरूले भाग लिएका थिए। यसै कार्यक्रममा एक मुख्य अतिथिका रूपमा उपस्थित भएकी गोल्ड मेडलिस्ट एवं अर्जुन अवार्ड विजेता धाविका स्वप्न बर्मनले बाल-बालिकाहरूलाई आफ्ना अभिभावकहरूले मोबाइल दिनुको साटो खेल मैदानमा पठाउन आवश्यक रहेको बताइन्। उनले आफु यसपाली पहिलोपल्ट दार्जिलिङ आएकी बताउँदै यहाँ खेलकूद र म्याराथनमा धेरै सम्भावना रहेको तर सठीक मौका नपाएको बताइन्। त्यसरी नै उत्तर बंगाल आईजी डीपी सिंहले पत्रकारहरूलाई सम्बोधन गर्दै यो हिल म्याराथन दार्जिलिङ जिल्ला पुलिसद्वारा स्थानीयहरूका सहयोगमा आयोजना गरिएको बताएका छन्। उनले भने, हामी चाहान्छौं कि पुलिस प्रशासन र युवाहरू सामेल भएर यस्तो कार्यक्रम गरियोस्। हामी चाहान्छौं कि युवाहरू ड्रग्सको कुलतमा होइन तर खेलकुदमा सहभागी भएको होस्।’

यसैबीच, बलिवुडकी गायिका आकाङ्क्षा शर्माको गीत अनि मुम्बईको व्याण्ड टोलीको व्याण्ड प्रदर्शनी पनि रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *