भारतीय भूतपूर्व सैनिक संघको वार्षिक बैठक सम्पन्न

IMG_20221204_170052.jpg

मालदा: भारतीय भूतपूर्व सैनिक संघ, माल्दाको गजोल ब्लक इकाईको तर्फबाट शाल्बोना कार्यालय परिसरमा पूर्व-सैनिकहरूको २१औं वार्षिक साधारण सभा आयोजित गरियो। बैठकमा पूर्व सैनिक संघका जिला सचिव नीलमणि पाण्डे, गजोल ब्लाक अध्यक्ष कालिदास राई, उपाध्यक्ष हरिपाद विश्वास, सचिव हबिलदार सुकेश चन्द्र राई उपस्थित थिए। कार्यक्रममा शहीद भएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको र विशेष अतिथिहरूलाई फूलको गुच्छाले स्वागत गरिएको गजोल ब्लक पूर्व सैनिक संघका उपाध्यक्ष हरिपाद विश्वासले बताए। यसपछि पूर्व भारतीय सैनिकहरूले आफ्नो वार्षिक कार्यक्रम सुरु गरे। बैठकमा भूतपूर्व सैनिकका विभिन्न विषयमा विस्तृत छलफल भएको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *