चियाबारीमा युवकको शव

IMG_20221204_164603.jpg

सिलगढी: सिलगढी डिभिजनको विधाननगर नजिकैको जयन्तिका चिया बगानको केउतलाइन क्षेत्रबाट एक युवकको शव फेला परेको छ। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। मृतक युवकको नाम शिशिर कुजुर (२२) रहेको बताइएको छ। उनी लिम्बु लाइनका बासिन्दा थिए। गत साँझ केउतलाइनमा बाँसको झाडीमा उनको शव स्थानीयवासीले फेला पारेर बिधाननगर प्रहरी चौकीलाई खबर गरेका थिए। सूचना पाएपछि घटनास्थलमा पुगेर बिधाननगर प्रहरी चौकीले शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो। घटनाको बिधाननगर प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *