तेस्रो गोर्खा राइफल्स (3rd G.R) विन्टर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

IMG-20221204-WA0171.jpg

रिम्बिक: तेस्रो गोर्खा राइफल्स (3rd G.R) रिम्बिक लोधोमा क्षेत्रको नामी फुटबल प्रतियोगिता विन्टर कप दोस्रो सस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ। आज आयोजित प्रतियोगिताको चौथो क्वाटरमा १-० को झिनो अन्तरले दार्जिलिङ पुलिस फुटबल दललाई पराजित गर्दै आर्मी दल खिताबको नजिकै पुगेको हो। निक्कै रोमाञ्चक भएको खेलको प्रहिलो हाप गोलरहित सकिएको भए पनि दोस्रो हाफको पन्द्रौ मिनेटमा आर्मीको पक्षबाट प्रहिलो गोल गर्दै टीमलाई बडत दिलाएको थियोे भने यही गोल निर्याणक बनेको थियोे अर्कोतिर पुलिसले मैदानको चारैतिर दबाब राखेको भए पनि कुनै गोल गर्न नसकेपछि पुलिस यो सस्करणबाट बाहिरिएको थियोे।

लोधोमा खेलकुद सघको मुख्य आयोजनामा आयोजित प्रतियोगिता बिजनबारी खण्डकै प्रहिलो नाइन साइड प्रतियोगिता हो भने प्रतियोगिता आगामी सात डिसेम्बरसम्म चल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement