दीपक गजमेर स्मृति भेटरन फूटबलः सिनाल्चु नाम्ची भेटरन्स र बतासिया भेटरन्स क्वार्टर फाइनलमा

IMG_20221204_115715.jpg

४ दिसम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा सिनाल्चु नाम्ची भेटरन्स (सिक्किम) र बतासिया भेटरन्सले क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको म्याचमा बतासिया भेटरन्सले ब्रदर्स एफसी गेजिंग (सिक्किम)-लाई ७-३-ले पराजित गऱ्यो। विजेता टीमबाट सुदीप राई र सतिश राईले ह्याट्रिक गरे। यसबाहेक करण गुरुङले १ गोल गरे। ब्रदर्स एफसी गेजिंगबाट सोनम भूटियाले ह्याट्रिक गरे।

यसअघि पहिलो म्याचमा युनाइटेड सिन्कोना भेटरन्सको टीम नआउँदा वक्ओभर पाएर सिनाल्चु नाम्ची भेटरन्सले क्वार्टर फाइनलमा स्थान बनायो। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement