माया मेमोरियल फूटबल टुर्नामेन्ट: विंगर ब्रदर्स दुधियाको एकतर्फी जीत

IMG-20221204-WA0144.jpg

४ दिसम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार एउटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको म्याचमा विंगर ब्रदर्स दुधियाले जूनियर राइडर्स सेभेनलाई ८-१-ले पिट्यो। विजेता टीमबाट बिक्रम राईले डबल ह्याट्रिक (६ गोल) गरे। यसबाहेक अविनाश राई र हिमाल दर्जीले १-१ गोल गरे। जूनियर राइडर्स सेभेनबाट अभिषेक राईले गोल गरे। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement