४ दिसम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको म्याचमा नेपाल एफसी-ले पुटुंग एफसी-लाई टाईब्रेकरमा ७-६-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा पुटुंग एफसी-बाट मौसमले ११औं र सुमनले ६७औं मिनटमा गोल गरे। नेपाल एफसी-बाट प्रतीक सुब्बाले १५औं र ३९औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।










