बसमा आगलागी

IMG_20221204_144149.jpg

कुचबिहार: सरकारी बस र ट्रक एक आपसमा ठोक्किँदा बसमा आगलागी भएको छ। यस घटनामा करीब २० यात्रु गम्भीर घाइते भएका छन्। घटना सिलगढी कुचबिहार राजमार्गको जमलदाह थेलपुर मोड क्षेत्रको हो। स्थानीय स्रोतका अनुसार सरकारी बस सिताईबाट सिलगढी जाँदै थियो। यसै क्रममा विपरित दिशाबाट आउँदै गरेको कोइला बोकेको ट्रकसँग ठोक्कियो। ठोक्किएर बसमा आगो लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement