फीफा वर्ल्ड कपः क्वार्टर फाइनलमा पुग्ने पहिलो टीम बन्यो नीदरल्याण्ड्स

IMG-20221204-WA0115.jpg

४ दिसम्बरः कतरमा जारी फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा पुग्ने पहिलो टीम बन्यो नीदरल्याण्ड्स। शनिवार राति खेलिएको नक्आउट राउण्डको पहिलो म्याचमा नीदरल्याण्ड्सले अमेरिकालाई ३-१-ले पराजित गऱ्यो। नीदरल्याण्ड्सले २०१८-मा भएको गत वर्ल्ड कपमा क्वालीफाई नै गर्न सकेको थिएन। डच टीम यसअघि तीनपल्ट (१९७४, १९७८ र २०१०) फाइनलमा पुगेको थियो तर हरेकपल्ट उपविजेता रहेको थियो। यसपाली उनीहरूसँग ट्रफी जित्ने सुनौलो मौका रहेको छ। यसरी नै अमेरिकाको चाहिँ क्वार्टर फाइनलमा पुग्ने सपना भताभुंगै भयो। यस टीमले केवल एकपल्ट (२००२) क्वार्टर फाइनलमा खेलेको थियो। खलीफा इण्टरनेशनल स्टेडियममा खेलिएको यस म्याचमा केवल ४१ प्रतिशत पोजेशनको साथ खेले पनि नीदरल्याण्ड्सको टीम गोल गर्ने मामिलामा अघि रह्यो। स्टार स्ट्राईकर मेम्फिस डिपायले टीमलाई १०औं मिनटमा बढ़त दिलाए। त्यसपछि डाले ब्लिण्डले मध्यान्तरअघि स्टपेज टाइमको पहिलो मिनटमा टीमको बढ़तलाई दोब्बर पारे।

दोस्रो हाफको खेलमा अमेरिकाले म्याचको एकमात्र गोल हासिल गऱ्यो। हाजी राइटले ७६औं मिनटमा टीमलाई म्याचको एकमात्र गोल दिलाए तर लगत्तै ५ मिनटपछि दिग्गज फूटबलर डेञ्जेल डम्फ्रिसले गोल गरी नीदरल्याण्ड्सलाई ३-१-ले जीत दिलाए। म्याचमा डम्फ्रिसले चमत्कारी प्रदर्शन गरे। उनले एक गोल गर्नको साथै पहिलो दुईवटा गोलमा एसिस्ट पनि गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *