फीफा वर्ल्ड कपः मेस्सीको चमत्कारी प्रदर्शनले अर्जेण्टिना क्वार्टर फाइनलमा

IMG-20221204-WA0106.jpg

४ नोभेम्बरः दिग्गज फूटबलर लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनले अर्जेण्टिना फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा पुग्न सफल भयो। शनिवार अबेर राति खेलिएको राउण्ड अव् १६-को म्याचमा अर्जेण्टिनाले अष्ट्रेलियालाई २-१-ले पराजित गऱ्यो। यस म्याचमा ओर्लिनको साथै मेस्सीले इतिहास रचे। यो उनको करियरको ओभरअल १०००औं म्याच थियो। यतिमात्र नभएर मेस्सी वर्ल्ड कपको इतिहासमा सर्वाधिक गोल गर्ने अर्जेण्टिनाई खेलाड़ी बने। यस मामिलामा उनले महान फूटबलर डिएगो म्याराडोनालाई पछि छोड़े। म्याचमा मेस्सीले वर्ल्ड कपमा आफ्नो नवौं गोल गरे। अहमद बिन अली स्टेडियममा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनालाई मेस्सीले ३५औं मिनटमा बढ़त दिलाए। यस गोलको साथमा मेस्सीले पोर्तुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि वर्ल्ड कपमा गोलको मामिलामा पछि छोड़े। खेलको मध्यान्तरसम्म अर्जेण्टिना १-०-ले अघि रहेको थियो। दोस्रो हाफमा पनि अर्जेण्टिनाले आक्रामक फूटबल खेल्यो अनि ५७औं मिनटमा दोस्रो गोलको साथ विजयी बढ़त हासिल गऱ्यो। टीमको निम्ति दोस्रो गोल जूलियन अल्वारेजले छिराए। त्यसपछि म्याचको ७७औं मिनटमा अर्जेण्टिनाका एञ्जो फर्नाण्डीजले आत्मघाती गोल गरे। यसरी अष्ट्रेलियाले म्याचको एकमात्र गोल हासिल गऱ्यो। क्वार्टर फाइनलमा अर्जेण्टिनाको भिड़न्त नीदरल्याण्ड्ससँग हुनेछ।

मेस्सीले अहिलेसम्म आफ्नो करियरमा अर्जेण्टिना, एफसी बार्सिलोना र पेरिस सेण्ट जर्मेनको निम्ति मिलाएर जम्मा १००० वटा म्याच खेले। यसमा उनले ७८९ गोल गर्नको साथै ३३८ वटा एसिस्ट गरे। वर्ल्ड कपको नक्आउट राउण्डमा चाहिँ यो मेस्सीको पहिलो गोल हो। यस म्याचमा अष्ट्रेलियाका गरंग कुओलले पनि इतिहास रचे। उनी १९५८ पछि वर्ल्ड कपको नक्आउट राउण्डमा खेल्ने सबैभन्दा युवा खेलाड़ी बने। अर्जेण्टिना विरुद्ध म्याचमा ओर्लिँदा कुओलको उमेर १८ साल अनि ७९ दिन थियो। यसअघि ब्राजीलका महान खेलाड़ी पेले १९५८-को वर्ल्ड कपमा केवल १७ साल र २४९ दिनको उमेरमा मैदानमा ओर्लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *