शनिबार राति सिलगढीको प्रधान नगर थाना अन्तर्गत दक्षिण अम्बेडकर कालोनीमा भाडाको विवादमा घर मालकिनको हत्या भएको थियो। दुर्घटनामा घर मालिक गम्भिर घाइते भएका छन्। मृतकको नाम गंगादेवी रहेको छ। उनका श्रीमानको नाम मो. शहजाद हो। घटनापछि अभियुक्त विकास कुमार फरार छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।









