गान्तोक: पुलिस मुख्यालयमा निशुल्क गहन स्वस्थ परामर्श आयोजित

IMG_20221203_234903.jpg

आज राजधानीस्थित पुलिस मुख्यालयमा पुलिसकर्मीको हितको निम्ति निःशुल्क गहन स्वास्थ्य परामर्श आयोजन गरियो। सिक्किम सरकार र केयर हस्पिटल प्रा. ली, हैदराबादको संयुक्त तत्वावधानमा आयोजित कार्यक्रममा पुलिसकर्मीहरूलाई लिवर ट्रान्सप्लान्ट, सीटीवी/हार्ट सर्जन, अन्कोलोजी/क्यान्सर, न्यूरोलोजी/ब्रेन र स्पाइन स्पेशियलिस्टबारे निःशुल्क परामर्श दिइयो। केयर हस्पिटल प्रा. ली., हैदराबादबाट आएका डा. रतन झा (नेफ्रोलोजिस्ट), डा. विपिन गोयल (क्यान्सर विशेषज्ञ), डा. जी. सुब्रमण्यम (सीटीवीएस), डा. अभिनय गट्टु (न्यूरोलोजिस्ट) र डा. बच्चन हङकरिङ (सर्जन जीआई र लिभर ट्रान्सप्लान्ट विशेषज्ञ) आएका थिए।

यस कार्यक्रमबाट कूल ३६ पुलिसकर्मी लाभान्वित बने। यस अवसरमा डीआईजीपी/सीआईडी कुञ्जाङ डी. साङदर्पा र एएसपी लाइन्स अन्जना सिलवाल पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *