गान्तोक: राष्ट्रीय राजमार्ग ५१० को अवस्था बुझ्न मन्त्री नेपालले गरे बैठक

IMG-20221203-WA0282.jpg

राज्यका कृषि एवम वागवाणी विभाग मन्त्री लोकनाथ नेपालले पश्चिम जिल्लामा निर्माणधीन अवस्थामा रहेको विभिन्न सडकको निम्ति बैठक आयोजना गरे। विशेष गरेर राष्ट्रीय राजमार्ग ५१०, जसले लेगश्प, गेजिङ हुँदै बर्मेक मार्तम, माझीगाउँ, लिङचोमलाई जोडने गर्दछ। यस सडक निर्माण कार्यलाई सुचारूपमा कार्य गर्न दिनु पर्ने विषयामथि उनले जोर दिए। उक्त सभामा देन्तामका महकुमा अधिकारी, वन विभागका रेञ्ज अफिसर साथै विभिन्न विभागका अधिकारीहरूको पनि सहभागिता रहेको थियो। उल्लेखनीय छ,यस सडकको निर्माण कार्य एनएचआइसीडीएलले गरिरहेको छ। यी सबै सडक निर्माण कार्य शीघ्र समाप्त गर्नुपर्ने मन्त्री नेपालले सम्वन्धित निकायका अधिकारीहरूलाई निर्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement