गान्तोक(सिक्किम): मुख्यमन्त्रीद्वारा सबैमा हार्दिक बधाई एवं शुभकामना

3a3b2a46-06c2-43b9-9f7b-621463c1eba4

मुख्यमन्त्री प्रेमसिंह तामाङले ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद् डिस्एबिलिटीस्’ को अवसरमा सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जारी सन्देशमा भनेका छन्, ‘यस दिवसले भिन्नै रूपले सक्षम व्यक्तिहरूको अधिकार र कल्याणको प्रवर्द्धन गर्दछ तथा भिन्नै रूपले सक्षम व्यक्तिहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक पक्षहरूको जागरूकता बढाउॅंछ।’

मुख्यमन्त्रीले भनेका छन्, ‘भगवानले उनीहरूलाई भिन्नै बनाउनु भएको छ र हामीले यो तथ्यलाई स्वीकार गर्नुपर्छ र उनीहरूलाई माया, सम्मान र समर्थन गर्नुपर्छ। यदि भगवानले हामीलाई बलियो र सक्षम बनाउनु भएको छ भने उनीहरूको सेवाका लागि छौ किनकि हामी सबै यस अकल्पनीय संसारमा नश्वर छौ।’

मुख्यमन्त्रीले हामी सबै एकजुट भएर भिन्नै रूपले सक्षम व्यक्तिहरूको उन्नतिका लागि काम गर्नुपर्छ भनेका छन्। उनले जारी कार्यक्रमहरूको निम्ति महिला एवं बाल विकास विभाग, सामाजिक कल्याण विभाग, प्रतिभागी, हितधारकहरूमा शुभकामना व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *