आज बाघडुग्रा अञ्चल कङ्ग्रेसको पहलमा राजीव गाँधी ग्रामीण फुटबल टुर्नामेन्टको उद्घाटन गरियो। १५ दिने फुटबल टुर्नामेन्टमा मोठ १६ वटा दलले अंश ग्रहण गर्ने छन्। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा दार्जिलिङ जिल्ला कङ्ग्रेस सभापति शङ्कर मालाकार, कङ्ग्रेसको नक्सलबारी खण्डका सभापति अमिताभ सरकार, बाघडुग्रा थानाका थाना प्रभारी निर्मल कुमार दास लगायत अन्य उपस्थित थिए। यस अवसरमा नक्सलबारी ब्लक कङ्ग्रेस सभापति अमिताभ सरकारले भने, आजदेखि राजीव गाँधी ग्रामीण फुटबल टुर्नामेन्ट शुरू भएको छ। आगामी १८ दिसम्बरमा फाइनल खेल सम्पन्न हुनेछ। टुर्नामेन्टमा विजयी टोलीलाई आकर्षक ट्रफी सहित नगद तीस हजार रुपियाँ अनि उपविजेता टोलीलाई ट्रफी सहित बीस हजार रुपियाँ नगद राशि प्रदान गरिनेछ।









