नयाँ दिल्ली: दिव्याङ्ग व्यक्तिहरूलाई सशक्तिकरणका लागि राष्ट्रिय पुरस्कार प्रदान

d280a077-0cb4-40a1-af2c-5e83eee2e629

राष्ट्रपति द्रौपदी मुर्मुले अन्तरराष्ट्रिय विकलाङ्ग दिवसको अवसरमा शनिवार यहाँ वर्ष २०२१ र २०२२ का लागि दिव्याङ्ग व्यक्तिहरूलाई सशक्तिकरणका लागि राष्ट्रिय पुरस्कार प्रदान गरिन्। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले संयुक्त राष्ट्रसंघको अनुमानअनुसार विश्वभर एक सय करोडभन्दा बढी दिव्याङ्ग मानिस रहेको बताइन्। यसको अर्थ संसारमा लगभग हरेक आठौं व्यक्ति कुनै न कुनै रूपमा दिव्याङ्ग छ। भारतको दुई प्रतिशतभन्दा बढी जनसङ्ख्या दिव्यांगजनको छ। तसर्थ, दिव्याङ्ग भएका व्यक्तिहरूले स्वतन्त्र रूपमा सम्मानजनक जीवन बिताउन सक्ने सुनिश्चित गर्नु हामी सबैको दायित्व हो। उनीहरूले राम्रो शिक्षा पाउन्, आफ्नो घर र समाजमा सुरक्षित रहन सकुन्, आफ्नो करिअर छनोट गर्ने स्वतन्त्रता र समान रोजगारीका अवसरहरू पाउने कुरा सुनिश्चित गर्नु पनि हाम्रो कर्तव्य हो, राष्ट्रपतिले भनिन्।

राष्ट्रपतिले भारतीय संस्कृति र परम्परामा अक्षमतालाई ज्ञान प्राप्ति र उत्कृष्टता हासिल गर्नका लागि बाधकका रूपमा कहिल्यै नमानिएको बताइन्। उनले ऋषि अष्टावक्र, सूरदास र स्टेफन हकिङको उदाहरण दिँदै विभिन्न दिव्याङ्ग व्यक्तिमा दैवी गुण हुने गरेको बताइन्। हाम्रा दिव्याङ्ग दाजुभाइ दिदीबहिनीहरूले आफ्नो अदम्य साहस, प्रतिभा र दृढ संकल्पको बलमा धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका अनगिन्ती उदाहरणहरू छन्। पर्याप्त अवसर र सही वातावरण दिएमा, तिनीहरू हरेक क्षेत्रमा उत्कृष्ट हुन सक्छन्, राष्ट्रपतिले भनिन्।

राष्ट्रपतिले दिव्याङ्ग व्यक्ति लगायत प्रत्येक व्यक्तिको सशक्तीकरणको लागि शिक्षा महत्वपूर्ण रहेको बताइन्। उनले शिक्षामा भाषिक अवरोध हटाउन र दिव्याङ्ग बालबालिकालाई शिक्षामा पहुँच पुऱ्याउन प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिइन्। उनले राष्ट्रिय शिक्षा नीति- २०२० ले दिव्याङ्ग बालबालिकालाई गुणस्तरीय शिक्षाको समान अवसर उपलब्ध गराउन सक्षम प्रणालीको महत्त्वलाई पनि जोड दिएको बताइन्। श्रवण क्षमता कम भएका बालबालिकाका लागि कक्षा १ देखि ६ सम्मको एनसीईआरटी पाठ्यपुस्तकहरू भारतीय साङ्केतिक भाषामा परिवर्तित गरिएकोमा उनले हर्ष व्यक्ति गरिन्। उनले श्रवणविहीन विद्यार्थीलाई शिक्षाको मूलधारमा समावेश गर्न यो महत्वपूर्ण पहल भएको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *