सिलगढ़ी प्रीमियर लीगः विधान स्पोर्टिंग क्लब विजयी

IMG-20221203-WA0245.jpg

३ दिसम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा विधान स्पोर्टिंग क्लबले जीतको साथ अभियान समाप्त गऱ्यो। यस जीतको साथै विधान स्पोर्टिंग क्लब रेलिगेशन म्याच खेल्नदेखि बाँच्यो। कञ्चनजंघा स्टेडियममा शनिवार भएको म्याचमा विधान स्पोर्टिंग क्लबले सिलगढ़ी किशोर संघलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुब्रत मलिकले ५०औं, विश्वजीत मूर्मुले ५९औं, सुरेश ओरावँले ७९औं र जयदीप चन्द्र दासले ८२औं मिनटमा गोल गरे। यसरी नै सिलगढ़ी किशोर संघबाट देवजीत रोयले ८८औं मिनटमा गोल गरे। विजेता टीमका बिक्रम सरकारलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने म्याचमा सशस्त्र सीमा बल (एसएसबी) र आठेरोखाई सरोजनी संघबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १९ वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *