आज राजगञ्जको बेलाकोवामा बङ्गाल विभाजन गर्ने षड्यन्त्र, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायत विविध विषयलाई लिएर तृणमूल कङ्ग्रेसले एउटा रैली निकाल्यो। राजगञ्ज खण्डको बेलाकोवा कलेज मोडबाट एउटा प्रतिवाद रैली निकालेर लगभग ४ किलोमिटरको पथ हुँदै शिकारपुर रेगुलेटेड मार्केटमा पुगेर रैली समापन गरियो। यसपछि त्यहाँ एउटा पथसभा गरियो।यस रैलीमा हजारौंको संख्यामा तृणमूलका कार्यकर्ता तथा समर्थकहरूले अंश ग्रहण गरेका थिए। राजगञ्जका विधायक खगेश्वर रायले भने, भाजपाको बङ्गाल विभाजन गर्ने षड्यन्त्र, पेट्रोलियम पदार्थको मूल्य वृद्धि लगायत केन्द्रीय संस्था ईडी र सीबीआईको दुर्व्यवहार विरुद्ध आज तृणमूल प्रतिवाद रैली तथा पथसभाको आयोजना गरेको हो। यस रैलीमा राजगञ्जका विधायक खगेश्वर राय, तृणमूल कङ्ग्रेसको जलपाईगढी जिल्ला सभापति महुवा गोप, जलपाईगढी जिल्ला परिषद्का सभाधिपति उत्तरा बर्मन, जलपाईगढी जिल्ला परिषद्का उपाध्यक्ष दुलाल देवनाथ, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी, राजगञ्ज पञ्चायत समतिका सभाधिपति पूर्णिमा राय लगायत अन्य उपस्थित थिए।









