नक्सलबारी: विश्व दिव्याङ्ग दिवस नक्सलबारी ह्यान्डीक्याप वेलफेयर सोसाइटीको तर्फबाट पालन

IMG_20221203_184433.png

आज विश्व दिव्याङ्ग दिवस हो। नक्सलबारी ह्यान्डीक्याप वेलफेयर सोसाइटीको तर्फबाट विश्व दिव्याङ्ग दिवस पालन गरियो। सोसाइटीको तर्फबाट नक्सलबारीमा शोभायात्राको माध्यमद्वारा सचेतनतामूलक सन्देश दिनको साथै स्वास्थ्य जाँच शिविर तथा बस अनि चित्र बनाऊ प्रतियोगिताको पनि आयोजना गरियो। सोसाइटीका कोषाध्यक्ष पार्थ भौमिकले भने, दिव्याङ्गहरूलाई मानवीय परियोजनाअन्तर्गत ल्याउन, दिव्याङ्ग सर्टिफिकेट प्रदान लगायत विभिन्न प्रकारले सहयोग गर्ने उद्देश्यले सोसाइटीले काम गर्दै आइरहेको छ। यस अवसरमा महकुमा परिषदका सभाधिपति अरूण घोष, मतिगढा -नक्सलबारीका विधायक आनन्दमय बर्मन, पूर्व विधायक शङ्कर मालाकार लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement