आगो बाल्ने क्रममा आफै जलिन

IMG-20221203-WA0227.jpg

मालदा: घरमा आगो बाल्ने क्रममा एक गृहिणी जलेकी छन्। दुर्घटनामा एक महिनाकी बालिका भने जोगिएकी छन्। गृहिणीको मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। शनिबार बिहान मालदा जिल्लाको अंग्रेजीबजार थाना अन्तर्गत काजीग्राम ग्राम पञ्चायतको पलाशबारी क्षेत्रमा यो सनसनीपूर्ण घटना भएको हो। घाइते गृहिणीको नाम निर्मला पहाडी (२१) हो । पारिवारिक स्रोतअनुसार आज बिहान गृहिणी आफ्नी निर्दोष छोरीसहित आगो बाल्दै थिइन्। सोही क्रममा आगोले तिनको लुगा र हात खुट्टा लगायतका भाग जलेको थियो। गृहिणी चिच्याएपछि परिवारका अन्य सदस्यहरू दौडिएर आगोबाट गृहिणी र तिनको निर्दोष बच्चालाई बचाए। गृहिणीलाई गम्भीर अवस्थामा मालदा मेडिकल कलेज अस्पतालमा ल्याइएको थियो। वर्तमानमा गृहिणीको मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement