सिलगढी: अपाङ्गता भएका बालबालिकालाई विधायक शंकर घोषले दिए उपहार

IMG_20221203_164857.jpg

एमएलए कोषबाट बस दिने घोषणा

सिलगढीका विधायक शंकर घोषले विश्व अपाङ्ग दिवसको अवसरमा अपाङ्गता भएका विद्यार्थीहरूलाई ढुवानी सहज बनाउन नयाँ बसहरू उपलब्ध गराउने आश्वासन दिएका छन्। उत्तर बङ्गाल अपांग पुनर्स्थापना समाजको तर्फबाट आज विश्व अपांगता दिवसको अवसरमा उत्तरन स्कुल, काभाखलीका विद्यार्थीहरूले विशेष कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा विधायक शंकर घोषको उपस्थिति थियो।

यस अवसरमा उहाँले यी बालबालिकालाई दया नगर्नुहोस्, तर मायाका साथ उहाँहरूको साथमा उभिनुहोस्, छिट्टै विधायक विकास कोषबाट अपाङ्गता भएका बालबालिकाका लागि बसको व्यवस्था गरिने बताउनुभयो, ताकि नगरका यी सबै बालबालिका सजिलै विद्यालय जान सकून्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement