
दार्जीलिङको चौरस्ता परिसरमा हाम्रो पार्टीले शहीद वी आर देवानको सालिग निर्माण गर्ने भएको छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस अनि हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङ लगायत अन्य केन्द्रीय नेतृत्वहरूले शहीद वी आर देवानको छोरो लक्षमान देवानसँग भेट गरयो। चुङथुङ चिया कमान निवासी शहीद वी आर देवानले चिया श्रमिकहरूमाथि भइरहेको शोषण र अत्याचार सहन गर्न नसक्दा २५ फरवरी २००६ को चिया बगानको पत्ती तौलिने गोदाममा प्राण त्याग गरेका थिए। शहीद देवानले आफ्नो प्राण त्याग्न अधि चिया बगानमा भइरहेको मालिकबर्गको शोषण र अत्याचारको बारेमा नोट लेखेका थिए। शहीद वी आर देवानको चिया श्रमिकहरूप्रतिको त्याग र बलिदानहरूको कदर गर्दै हाम्रो पार्टी र हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दार्जीलिङको चौरस्ता परिसरमा शहीद वी आर देवानको सालिग निर्माण गर्ने निर्णय लिएको जानकारी शहीद वी आर देवानको छोरा लक्षमान देवान समक्ष राख्यो। शहीद वी आर देवान अनि २५ जून १९५५ को मार्गेटहोप चिया बगानको गोली काण्डमा शहीद भएका ६ जना शहीदहरूको स्मरणमा पनि शहीद बेदी निर्माण कार्यको निम्ति हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दार्जीलिङ नगरपालिका चेयरम्यान रितेश पोर्तेललाई ज्ञापन चढाएका छन्। स्मरण रहोस् गत २५ जून १९५५ मा चिया श्रमिकहरूमाथि भइरहेको अन्याय र अत्यचारको विरोधमा जन आन्दोलन भएको थियो अनि उक्त जन आन्दोलनको क्रममा मार्गेटहोप चिया कमानमा पुलिसले गोली चलाउँदै एक गर्भवती महिला,१४ बर्षियाँ बालक लगायत ६ जना शहीद भएका थिए। हाम्रो पार्टीले यी वीर शहीदहरूको त्याग र बलिदानको कदर गर्दै दार्जीलिङको चैरस्ता परिसरमा सालिग र शहीद बेदी निर्माण गर्ने निर्णय लिएका छन्।








