दलदबदलको प्रक्रियामा हिज अबेर साँझ कालचिनी खण्डको बुखिमबारी चर्च लाईनबाट प्रायः ७० घर तृणमूल परिवारहरूले भाजपाको झण्डा समाएको भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामाले जानकारी गराएको छ।
चर्च लाईनमा रहेको प्रत्येक परिवार तृणमूल समर्थकहरूले आज कालचिनी विधायक विशाल लामा लगायत भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा एवम् अन्यान्य नेतृत्वहरूको उपस्थितिमा भाजपाको झण्डा समाएर भाजपलाई दह्रो बनाएको भाजपा नेताहरूले जनाएका छन्।








