३ दिसम्बरः वेष्ट इण्डिजका दिग्गज अलराउण्डर ड्वेन ब्राभोलाई २०२३ सीजन अघि इण्डियन प्रीमियर लीग (आईपीएल) फ्रेञ्चाइजी चेन्नई सुपर किंग्स (सीएसके)-को बलिंग प्रशिक्षक नियुक्त गरियो। आईपीएलको शुरुवातीन तीन सीजनमा मुम्बई इण्डियन्सको प्रतिनिधित्व गरेपछि ब्राभो २०११-देखि सीएसके टीमको महत्त्वपूर्ण सदस्य रहेका थिए। खेलाड़ीको रूपमा हालै आईपीएलबाट सन्न्यासको घोषणा गर्ने ब्राभोले सीएसके-मा बलिंग प्रशिक्षकको रूपमा लक्ष्मीपति बालाजीको स्थान लिनेछन्, जसले व्यक्तिगत प्रतिबद्धताहरूले गर्दा एक सालको ब्रेक लिएका छन्। नयाँ जिम्मेवारी पाएपछि ब्राभोले भने, म नयाँ यात्राको प्रतीक्षा गरिरहेको छु कारण यो एउटा यस्तो काम हो जुन म खेलाड़ीको रूपमा करियर समाप्त भएपछि गर्न चाहन्थे। मलाई बलरहरूसँग काम गर्नु मजा लाग्छ। म यस भूमिकालाई लिएर उत्साहित छु।
ब्राभोले भने, खेलाड़ीदेखि प्रशिक्षकसम्मको यात्रापछि मलाई नयाँ भूमिकामा सामंजस्य मिलाउन अधिक समय लाग्नेछ जस्तो लाग्दैन। टीमबाट खेल्दा पनि मैले सदा बलरहरूसँग काम गरे अनि ब्याटरभन्दा एक कदम अघि रहने योजना बनाउनमा ध्यान दिन्छु। फरक यतिमात्र छ कि अब म मीड अन् या मीड अफ्-मा उभिने छुइनँ। आईपीएलमा १६१ वटा म्याच खेलेर सर्वाधिक १८३ विकेट लिने बलरले भने, म आईपीएल इतिहासको हिस्सा बनेर खुशी छु। ब्राभोले सीएसके-लाई २०११, २०१८ र २०२१-मा आईपीएल च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको उपस्थितिमा टीमले २०१४-मा च्याम्पियन्स लीगको खिताब पनि जितेको थियो। ब्राभोले आईपीएलमा १३०-को स्ट्राईक रेटले १५६० रन पनि बनाएका छन्। उनी आईपीएलमा दुईपल्ट पर्पल क्याप (सीजनमा सर्वाधिक विकेट लिने बलर) जित्ने खेलाड़ी रहेका थिए।









