टिंगलिंगमा च्याम्पियन्स कपः आरजीएफसी दुधे विजयी

IMG-20221203-WA0102.jpg

३ दिसम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दोस्रो राउण्डको एउटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा भएको पहिलो म्याचमा आरजीएफसी दुधेले इलेक्ट्रिक डिपार्टमेण्टलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनम राईले २६औं र ३३औं मिनटमा गोल गरे। इलेक्ट्रिक डिपार्टमेण्टबाट संसार राईले ५१औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *