फीफा वर्ल्ड कपः ग्रुप जी-बाट ब्राजील र स्विट्जरल्याण्ड नक्आउट राउण्डमा

IMG_20221203_113637.jpg

३ दिसम्बरः पाँचपल्टको च्याम्पियन ब्राजीलले फीफा वर्ल्ड कप २०२२-मा ग्रुप चरणको आफ्नो अन्तिम म्याचमा क्यामरुन विरुद्ध १-०-ले हारको सामना गर्नु पऱ्यो। क्यामरुनको यस ऐतिहासिक जीतको हीरो भिन्सेण्ट अबूबकर रहे। उनले स्टपेज टाइममा गोल गरी अफ्रिकी देशलाई यादगार जीत दिलाए। ग्रुप जी-को यस म्याचमा गोल गरेपछि जोशमा टी शर्ट खोलेर खुशीयाली मनाउँदा अबूबकरले रातो कार्ड पनि देख्नु पऱ्यो। यसरी क्यामरुन वर्ल्ड कपको मञ्चमा ब्राजीललाई पराजित गर्ने पहिलो अफ्रिकी देश बन्यो। यस यादगार जीतपछि पनि क्यामरुनको टीम नक्आउट राउण्डमा चाहिँ पुग्न सकेन। यसरी नै ब्राजीलले कतरमा जारी वर्ल्ड कपमा पहिलोपल्ट गोल खायो।

पहिला नै प्री-क्वार्टर फाइनलमा पुगिसकेको हुनाले ब्राजीलका प्रशिक्षक टिटे-ले यस म्याचमा बेञ्च स्ट्रेन्थलाई मौका दिएको थियो, जुन अन्तमा टीमको हारको कारण पनि बन्यो। ब्राजीलले २४ सालपछि ग्रुप चरणमा पहिलोपल्ट हारको सामना गर्नु पऱ्यो। यसअघि ब्राजील १९९८-को वर्ल्ड कपमा नर्वे विरुद्ध १-२-ले पराजित भएको थियो। अब प्री-क्वार्टर फाइनलमा ब्राजीलको सामना दक्षिण कोरियासँग हुनेछ। वर्ल्ड कपको यस संस्करणमा ब्राजील उलटफेरको शिकार हुने पहिलो टीम चाहिँ होइन। ब्राजीलभन्दा अघि अर्जेण्टिना, जर्मनी, बेल्जियम, स्पेन, पोर्तुगल र फ्रान्स जस्तो टीम पनि उलटफेरको शिकार बनिसकेको छ। यसमा फीफा ऱ्याङकिंगमा दोस्रो नम्बरको टीम बेल्जियम र चारपल्टको च्याम्पियन जर्मनी त ग्रुप चरणमै बाहिर भइसकेको छ।
ग्रुप जी-मा ब्राजीलको साथमा स्विट्जरल्याण्डले नक्आउट राउण्डमा स्थान बनायो। स्विस् टीमले शुक्रवार अबेर राति खेलिएको म्याचमा सर्बियालाई ३-२-ले पराजित गऱ्यो। प्री-क्वार्टर फाइनलमा स्विट्जरल्याण्डको भिड़न्त पोर्तुगलसँग हुनेछ। म्याचमा स्विट्जरल्याण्डको तर्फबाट शेरदान शकिरीले २०औं, ब्रील एमबोलोले ४४औं र रेमो फ्रयूलरले ४८औं मिनटमा गोल गरे। यसरी नै सर्बियाबाट एलेक्सान्दर मित्रोविचले २६औं र डुसान भ्लाहोविचले ३५औं मिनटमा गोल गरे। ब्राजील र स्विट्जरल्याण्डको ३-३ वटा म्याचपछि ६-६ पोइण्ट भए पनि नेमारको टीम गोल अन्तरको आधारमा शीर्ष स्थानमा रह्यो। क्यामरुनले ४ पोइण्टको साथ तेस्रो स्थान हासिल गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *