फीफा वर्ल्ड कपः ग्रुप एच-बाट पोर्तुगल र दक्षिण कोरिया नक्आउट राउण्डमा

IMG-20221203-WA0001.jpg

शक्तिशाली पोर्तुगललाई उलटफेरको शिकार बनाएर दक्षिण कोरियाले ग्रुप एच-बाट कतरमा जारी फीफा वर्ल्ड कप २०२२-को नक्आउट राउण्डमा स्थान बनायो। ग्रुप चरणमै बिदा लिनबाट बाँच्नको निम्ति जित्नै पर्ने म्याचमा एशियाली देश दक्षिण कोरियाले पोर्तुगललाई २-१-ले पराजित गऱ्यो। नक्आउट राउण्डमा अगावै स्थान सुरक्षित गर्ने पोर्तुगलले शुक्रवार राति एजुकेशन सिटी स्टेडियममा ६२ प्रतिशत पोजेशनको साथ खेलेर पनि जीत हासिल गर्न सकेन। म्याचमा पहिलो गोल चाहिँ पोर्तुगलले नै हासिल गरेको थियो। रिकार्डो होर्ताले पाँचौं मिनटमै पोर्तुगललाई बढ़त दिलाए। त्यसपछि किम योंग-ग्वोनले २७औं मिनटमा गोल गरी एशियाली देशलाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा ह्वांग ही-चानले स्टपेज टाइमको पहिलो मिनटमा गोल गरी दक्षिण कोरियालाई २-१-ले यादगार जीत दिलाए। म्याच हारे पनि पोर्तुगल ६ पोइण्टको साथ ग्रुप विजेताको रूपमा नक्आउट राउण्डमा पुग्यो। यसरी नै दक्षिण कोरियाले ४ पोइण्टको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेर नक्आउट राउण्डमा खेल्ने अधिकार हासिल गऱ्यो। दक्षिण कोरिया यसअघि केवल दुईपल्ट (२००२ र २०१०) ग्रुप चरणदेखि अघि बढ़्न सकेको थियो।
यसै ग्रुपको अन्य एउटा म्याचमा उरुग्वेले घानालाई २-०-ले पराजित गऱ्यो। अल जानौब स्टेडियममा खेलिएको यस म्याचमा विजेता टीमबाट दुवै गोल (२६औं र ३२औं मिनट) जियोर्जियन डे अरास्केटाले दर्ता गरे। म्याच जिते पनि उरुग्वे ४ पोइण्ट लिएर गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहेर नक्आउटको रेसबाट बाहिर भयो। घाना ३ पोइण्टको साथ चौथो स्थानमा रह्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *