गान्तोक: राज्य कृषि एवम श्रम मन्त्री लोकनाथ नेपालले आज सोरेङ जिल्लामा निर्माण गरिएको श्रम विभाग कार्यालयको उदघाटन गरे। विभागको उदघाटन पछि मन्त्री नेपालले उक्त विभागका अधिकारीहरूसँग पूर्वधार निर्माणबारे अन्तक्रिया पनि गरे। यसरी नै सामाजिक न्याय एवम कल्याण विभाग, खण्ड प्रशासनिक केन्द्र साथै वाणिज्य कर विभाग लगायत अन्य संरचनाबारे पनि उनले जानकारी गराए। यस अवसरमा विधायक अदित्य गोले, जिल्ला अध्यक्ष तिलादेवी गुरूङ, उपाध्यक्ष चन्द्रबीर कामी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।









