भारतीय महिला चयन समितिले टी २०को लागि सार्वजानिक गर्यो खेलाडीको नाम

Cricket_India_Crest.svg_.png

मुम्बई: आगामी पॉंच म्याचको टी-२० श्रृंखलाको निम्ति अखिल भारतीय महिला चयन समितिले शुक्रवार अस्ट्रेलिया विरूद्ध भारतीय टीमको घोषणा गरेको छ। अलराउण्डर खेलाड़ी पूजा वस्त्राकर चोट लागेको हुनाले श्रृंखलाको निम्ति खेल्ने छैनन्।भारतीय टीम ९ दिसम्बरदेखि २० दिसम्बरसम्म अस्ट्रेलिया विरूद्ध ५ म्याचको श्रृंखला खेल्नेछ। यस श्रृंखलाको पहिलो म्याच ०९ दिसम्बर, दोस्रो ११ , तेस्रो १४ , चौथो १७ र अन्तिम म्याच २९ दिसम्बरमा खेलिनेछ।अस्ट्रेलिया विरूद्ध टी-२० सीरीजको निम्ति भारतीय टीम यस प्रकार छःहरमनप्रीत कौर (कप्तान), स्मृति मंधाना (उप-कप्तान), शैफाली वर्मा, यास्तिका भाटिया (विकेटकीपर), जेमिमा रोड्रिग्स, दीप्ति शर्मा, राधा यादव, राजेश्वरी गायकवाड़, रेणुका सिंह ठाकुर, मेघना सिंह, अंजलि सरवानी, देविका वैद्य, एस मेघना, ऋचा घोष (विकेटकीपर), हरलीन देओल। नेट बलर- मोनिका पटेल, अरुंधति रेड्डी, एसबी पोखरकर, सिमरन बहादुर।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *