सडक निर्माणको काम निम्न स्तरको सामाग्री प्रयोग गरेको आरोपमा बन्द गरिदिए व्यवसायीहरूले

IMG_20221202_215436.jpg

सिलगढी: स्थानीय मानिसहरूले निम्न स्तरीय समानहरु प्रयोग गरेर सडक निर्माणको काम चलिरहेको अभियोग लगाउँदै निर्माण कार्य बन्द गरिदिएको छ। सिलगढी नगरनिगमको ३३ नम्बर वार्डको गेटबजार नजिक माछा बजारको गल्लीमा सडक निर्माणको काम चलिरहेको छ।यो सडक निर्माण कार्यमा निम्न स्तरीय समानहरू प्रयोग गरिरहेको आरोप लगाउँदै आज स्थानीय व्यवसायीहरूले निर्माण कार्य बन्द गरिदिएको छ। तिनीहरूको अरोप अनुसार सडक निर्माण कार्यको ठेका लिएका ठेकेदारहरूले नकली सिमेन्ट लगायत निम्न स्तरीय सामग्रीहरू प्रयोग गरेर सडक निर्माण गरिरहेको छ। चाँडै सटीक रूपमा निर्माण कार्य शुरू गर्ने व्यवसायीहरूले माग गरेका छन्। अर्कोतिर, यी सबै आरोपहरू झुटो रहेको ठेकेदारहरूले दावी गर्दै सबै कार्य नियम अनुसार गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement