ध्यानचन्द पुरस्कारले सम्मानित नीर बहादुर गुरुङलाई मन घिसिङ जनाए बधाई  

00-IMG-20221202-WA0077

सिलगढी: भूतपूर्व गोर्खा रेजिमेन्ट सिपाही नीर बहादुर गुरुङ सन् २०२२ को ध्यानचन्द पुरस्कारले सम्मानित भएपछि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का अध्यक्ष मन घिसिङले बधाई अनि शुभकामना जनाएका छन्। उनले पारा एथलिटमा ३१ स्वर्ण पदकसहित ५५ भन्दा अधिक अन्तर्राष्ट्रिय पदक जित्नु भएको छ। पारा एसियाली खेलकुदमा पनि लगातार ५ पदक जितेका थिए। उनको योगदानलाई कदर गर्दै भारतकी राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीबाट ध्यानचन्द पुरस्कारले सम्मानित गरिएको हो। बधाई साथै शुभकामना व्यक्त गर्दै मन घिसिङले भने, ‘उनको यस योगदानलाई गोर्खा जातिले सदैव सम्मान गर्नेछ अनि यो हाम्रो निम्ति गर्वको विषय होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement