सिलगढ़ी प्रीमियर लीगः लगातार चौथो जीतको साथ ग्रुप विजेता बन्यो महानन्दा स्पोर्टिंग क्लब

IMG_20221202_195239.jpg

२ दिसम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को तत्त्वावधानमा आयोजित सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्टमा महानन्दा स्पोर्टिंग क्लबले सजिलै जीत हासिल गऱ्यो। कञ्चनजंघा स्टेडियममा शुक्रवार भएको म्याचमा महानन्दा स्पोर्टिंग क्लबले गत सीजनको च्याम्पियन यंग मेन्स एसोसिएशनलाई ४-२-ले पराजित गऱ्यो। यस जीतको साथै पूल ए-बाट चारैवटा म्याच जितेर महानन्दा स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। यस ग्रुपबाट यंग मेन्स एसोसिएशनले पनि सेमिफाइनलमा स्थान बनायो। म्याचमा विजेता टीमबाट चारैवटा गोल करण राईले गरे। उनले म्याचको ४२औं, ४७औं, ६३औं र ६०औं मिनटमा गोल गरे। यसरी नै यंग मेन्स एसोसिएशनबाट प्रवीण सुब्बाले ७०औं र सोनम जांग्पोले ७८औं मिनटमा गोल गरे। विजेता टीमका करण राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने म्याचमा सिलगढ़ी किशोर संघ र विधान स्पोर्टिंग क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। रेलिगेशन म्याच १० दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *