कृषि बागवानी अनि सुन्तला महोत्सव हुने

IMG-20221202-WA0281.jpg

मङपु: सिन्कोना एवं अन्य औषधीय पौधाहरुका निर्देशालयद्वारा उध्यान पालन सप्ताहको आयोजना आगामी ५ देखि १३ दिसम्बर २०२२ गरिने भएको छ। यस अन्तर्गत 9 दिसम्बरमा मङपुमा अनि १० दिसम्बरमा लाटपञ्जारमा सुन्तला महोत्सव पालन गरिने भएको छ। यसरी ११ देखि १३ दिसम्बरको दिन कालेबुङ कृषि बागवानी महोत्सव हुने भएको छ। आज मङपु निर्देशालय भवनमा एक पत्रकार सम्मेलन डाकेर सिन्कोना बगान निर्देशक डा.सामुएल राई, बगान ब्यवस्थापक गोपाल लामिछाने, बोटानिष्ट लिना सुब्बा अनि सह ब्यवस्थापक एमडी मुस्ताफाले उक्त ५ देखि १३ दिसम्बरसम्मको कार्यक्रमबारे जानकारी दिएका छन्। पश्चिम बङ्गाल राज्यका सबै जिल्लाहरुमा उध्यान पालन सप्ताह जुलाई महिनामा नै सम्पन्न भएता पनि सिलगढी महकुमा परिषद, दार्जिलिङ अनि कालेबुङ जिल्लाहरुमा भने यो कार्यक्रम हुन सकेको थिएन। खाद्य परिशोधन एवं बागवानी विभागद्वारा सिन्कोना निर्देशालयलाई यो कार्यक्रम गर्ने सम्पूर्ण जिम्मेवारी दिएको हुनाले उक्त कार्यक्रम सिन्कोना निर्देशालयले गरिने जानकारी निर्देश डा.सामुएल राईले दिए।सिलगढी महकुमा परिषद अन्तर्गत ५ दिसम्बर विधाननगर, ६ दिसम्बर मतिगडा, ७ दिसम्बर नक्सलबारी, ८ दिसम्बर खोरीबारी, ९ दिसम्बर फाँसीदेवा साथै ९ दिसम्बर सुन्तला महोत्सव मङपुमा, १० दिसम्बर लाटपञ्जार,११ देखि १३ दिसम्बरसम्म कृषि बागवानी म्होउत्सव कालेबुङ टाउनहलमा सम्पन्न हुने जानकारी गराएका छन्। दार्जिलिङ पहाडमा हुने सुन्तलाको स्वाद विश्वविख्यात भएता पनि २/३ दशकहरुमा भने यसको खेतीमा ह्वास आउँदै गरेको अनि यसको उत्पादन भने घट्दै गईरहेको र सुन्तला फल यसरी घट्नुको मुख्य कारणहरुमध्ये यसमा लाग्ने रोगहरु,किरा फटेङ्ग्राहरु अनि माटोमा हुनपर्ने पौष्टिक तत्वहरु रहेको कारण यस्तो रोगहरुबाट बचाउनको निम्ति अनि सुन्तला खेतीको उत्पादनलाई फर्काएर ल्याउन नै कृषक दाजु भाई दिदी बहिनीहरूलाई निम्ताएर सुन्तला त्यौहार अर्थात अरेन्ज फेस्टिभल ९ दिसम्बरको दिन मङपु जनमैदान अनि लप्सीबोटे सुन्तला बगान लाटपञ्जारमा १० आयोजना हुनगईरहेको छ।
सुन्तला महोत्सव कार्यक्रममा प्रमुख अतिथि सुब्रत साहा एमओएस, एफपीआई एवं हर्टिकल्चर पश्चिम बङ्गाल सरकार, विशिष्ट अतिथिहरुमा जीटीए कार्यपाल अनित थापा, अतिरिक्त मुख्य सचिव हर्टीकल्चर एवं आईएएस डा सुब्रत गुप्त, अनि सिन्कोना निर्देशक डा.सामुएल राईले सम्बोधन गर्ने भएको छ। यसरी नै ५ दिसम्बरको दिन विधान नगरमा हुने उद्घाटन समारोहको प्रमुख अतिथि जयन्त कुमार ऐकत आईएएस कमिशनर खाद्य परिशोधन एवं बागवानी विभाग उपस्थित रहने भएको छ।
दार्जिलिङ हिमालय भेगमा प्रायः सबै प्रकारको अन्नबालीहरुको खेती हुन्छ तर खेतीहरुमा आउने समस्याहरुको समधानार्थ तक्नीकीय जानकारी उपलब्ध गराउन हेतु सिन्कोना अनि औषधीय पौदाहरुको निर्देशालयले कालेबुङ टाउनहलमा ११ देखि १३ दिसम्बरसम्म कृषिबागवनी महोत्सव पालन गरिरहेको छ। यस कार्यक्रममा सिन्कोनाको बिजनदेखि औले ज्वरोको रामवाण औषधी कुइनाईन सल्फेटसम्म बनाउने तक्नीकी एवं औषधीय पौद्धाहरुको खेतीबारे जानकारीमूलक प्रदर्शनहरु दिने भएकेो छ। उक्त तीन दिने महोत्सवमा कफी, चिराता, ठूलो अलैंची, सुन्तला र विभिन्न प्रजातिका च्याउहरु, सागसब्जी, फलहरु तथा औषधीय पौधाहरुबारे कृषिकहरुलाई जानकारीमूलक तक्नीकीय प्रशिक्षण दिइने भएको छ। उक्त कार्यक्रमको विशिष्ट अतिथि कालेबुङको विधायक रुदेन सादा लेप्चा रहने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement