युनाइटेड सिक्किम फूटबल एकाडमी र मनजीत इलेभेन विजयी

IMG_20221202_181229.jpg

२ दिसम्बरः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ीको युनाइटेड सिक्किम फूटबल एकाडमीले जीत हासिल गऱ्यो। कालीझोड़ा फूटबल मैदानमा शुक्रवार भएको म्याचमा युनाइटेड सिक्किम एफए-ले सिटोंग एफसी-लाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहित साइबोले 2 गोल गरे। यसबाहेक गौरव तामाङ र विलियमले १-१ गोल गरे। यसरी नै सिटोंग एफसी-बाट उसन लेप्चाले गोल गरे। शनिवार खेलिने म्याचमा एकता समिति, कालीझोड़ा र माकुम युनाइटेडबीच भिड़न्त हुनेछ।

यसरी नै आजदेखि शुरु भेटरन्स टुर्नामेण्टको उद्घाटन म्याचमा मनजीत इलेभेन (सिलगढ़ी)-ले ओदलाबारी भेटरन्स क्लबलाई ६-०-ले पराजित गऱ्यो। यस टुर्नामेण्ट (ओपन)-मा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement