स्वीट एञ्जल्स स्कूलमा स्वस्थ्य केन्द्रद्वारा स्वस्थ्य सचेतना कार्यक्रम सम्पन्न

IMG-20221202-WA0236.jpg

खरसाङ: भाइरस र ब्याक्टेरिया जसले रोग र मृत्यु निम्त्याउँछ अझै पनि अवस्थित छ अनि खोपहरूद्वारा सुरक्षित नभएकाहरूलाई सर्न सक्छ। जन्मदेखिनै हामी निरन्तर विभिन्न भाइरस, ब्याक्टेरिया र अन्य सूक्ष्मजीवहरूको सम्पर्कमा रहन्छौँ। गर्भमा हाम्रो प्रतिरक्षा प्रणाली हामीले जन्मपछि सामना गर्ने विभिन्न सूक्ष्मजीवहरूसँग सामना गर्न पहिलेनै तयार छ। खोपहरूले बच्चाको प्रतिरक्षा क्षमताको सानो भाग मात्र प्रयोग गर्ने भएकोले प्रतिरक्षा प्रणालीमा सामान्य संक्रमणहरू जस्तै रुघाखोकीको तुलनामा धेरै काम बोझ हुन्छ। त्यसैले शिशुहरूले एकै समयमा धेरै खोपहरू प्राप्त गर्ने र खोप राम्रोसँग सहन सक्छन्। सरकारी स्वास्थ्य विभागले अभिभावकहरूलाई आफ्ना छोरा-छोरीलाई विभिन्न किसिमका रोगविरुद्ध सुरक्षित हुन खोप लगाउन सुझाउ दिइएको छ। यसै सन्दर्भमा दादुरा र रूबेला रोग तथा बालबालिकालाई यी रोगबाट जोगाउन खोप लगाउने कार्यक्रम सम्बन्धी सचेतना कार्यक्रम पश्चिम बंगाल स्वास्थ्य विभाग खरसाङ अन्तर्गत स्वस्थ्य केन्द्रले स्वीट एञ्जल्स स्कूलको सहयोगमा बिहिवार आयोजना गर्‍यो। आमा-बाबुका लागि यो महत्वपूर्ण र जानकारीमूलक स्वास्थ्य कार्यक्रम छिरिङ लमु शेर्पा(सीएचओ), विद्या तामाङ अनि निरजा सुब्बा(आशा स्वस्थ्य केन्द्र) द्वारा सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा अभिभावकहरूको उपस्थिति रहेको थियो। त्यस कार्यक्रममा स्वास्थ्य विभागका अधिकारीहरूद्वारा दादुरा र रूबेल खोपको महत्वबारे जानकारी गराइएको थियो। स्वास्थ्य विभागले स्वस्थ्य केन्द्रहरू मार्फत दिइएको प्रत्येक खोप कार्यक्रमको फलोअप कार्यक्रमलाई निरन्तता दिन अभिभावकहरूलाई प्रोत्साहित स्वस्थ्य केन्द्रका आशा कर्मचारीहरूले गरे। स्वीट एञ्जल्स स्कूलकी संस्थापिका तथा प्रिन्सिपल माला छेत्रीले बालबालिकाको खोप फलोअपलाई अत्यन्तै गम्भीरताका साथ लिन अभिभावकहरूलाई सल्लाह दिइन्। तिनले सास्थ्य समस्यामा अभिभावकको सजगताले बालबालिकालाई धेरै हानिकारक रोग र ज्यान जोखिममा पर्ने अवस्थाबाट बचाउने बताइन्। प्रिन्सिपल छेत्रीले मूल्यवान जानकारी अनि समयको त्यागको लागि स्वास्थ्य केन्द्र टोलीलाई धन्यवाद दिइन् भनी स्कूलकी सहायक शिक्षिका रजनी मोक्तानले जानकारी दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement