दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना एंव सांस्कृतिक विभाग साथै भारप्राप्त सभासदद्धारा दार्जिलिङ,खरसाङ, कालेबुङ, मिरिक महकुमा अन्तर्गत जनसम्पर्क अधिकारी (पीआरओ) जीटीए सदस्यहरूलाई लिएर दार्जिलिङको भानु भवनमा एक सभा सम्पन्न गरियो। जनहितमा जीटीए चिफ् एवं विभागीय पक्षबाट गरिएको विकास कार्य साथै सहुलियतहरू जनतामाझ पुग्न सकुन भन्ने विषय लिएर जनतालाई जागरूक गराउन महकुमा स्तरीय पीआरओ कार्यालय मार्फत गराउने विषयमा सभा सम्पन्न भएको छ। उक्त सभामा साहित्यकार, कलाकार, संगीतकार एंव खेलप्रेमीहरूमा जीटीए चिफमार्फत् कुनै पनि प्रोत्साहनको कार्य सहयोग गर्न साथै जीटीए विभागीय पक्षबाट गरिएका हरेक कार्यको रिपोर्ट सम्बन्धित विभागीय पक्षबाट जीटीए चिफसँग सल्लाह र परामर्श अनुरूप जनमानससम्म लाने ईत्यादि विषयहरूमा जानकारी गराईयो। उक्त सभामा सूचना एवं सांस्कृतिक विभागको सभासद अनोश थापा, एमओडी सभासद हेमन्त राय, सह-निर्देशक भानुकान्त घिसिङ, चिफ पीआरओ एसपी शर्मा, दार्जिलिङ महकुमा जनसम्पर्क अधिकारी विज्ञान मिश्रा, खरसाड महकुमा जनसम्पर्क अधिकारी सुवास प्रधान, मिरिक महकुमा जनसम्पर्क अधिकारी विवेक तामङ, कालेबुङ जनसम्पर्क अधिकारी अनुप छेत्री उपस्थित रहेका थिए।










