अलिपुरद्वार: मदारीहाटको मुजनाई ब्रिज नजिकै एशियाली राजमार्गमा सडक दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा एक युवक घाइते भएका छन्, उनलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ।घटनापछि इलाकामा सनसनी फैलिएको जानकारी अनुसार आज दिउँसो वीरपारा जाँदै गरेको एक मोटरसाइकललाई तिब्र गतिको गाडीले पछाडिबाट ठक्कर दिएर भागेको हो। दुर्घटनामा मोटरसाइकलमा सवार युवतीको घटनास्थलमै मृत्यु भएको छ भने युवक गम्भीर घाइते भएका छन्। घटनापछि स्थानीयले उनलाई नजिकैको अस्पतालमा भर्ना गरेका थिए।










