उपकरण लुटे, पीडितहरूले अदालत जाने चेतावनी दिए
सिलगढी: सिलगढी देशबन्धु पाराको आर्केस्ट्रा टोली गत नोभेम्बर २९ मा माथाभाङ्गा कलेजमा एक कार्यक्रममा सहभागी हुन आएको थियो।कलेजको कार्यक्रम सकिएर फर्कने क्रममा उनीहरू एक होटलमा खाना खान पुगेका थिए। तिनलाई होटलमा केही असमाजिक तत्वले आक्रमण गरेको बताइएको छ ।टोलीमा रहेका गायक राजा धर, संगीतकार सुभ्रदीप मुखर्जी र सौरभ दास (बाबुजी) लाई कुटपिट गरिएको थियो । यति मात्र होइन संगीत कलाकार सौरभ दासलाई पनि अपहरणको प्रयास गरिएको थियो । शुक्रबार सिलगढीमा पत्रकार सम्मेलनमा सो जानकारी दिँदै सौरभ दासले विगतमा उक्त कार्यक्रमका लागि उक्त कलेजलाई ८० हजार रुपियाँ बकाया रहेको बताए । बकाया रकमको माग गर्दै सत्तारुढ दलका समर्थकले तिनीमाथि आक्रमण गरेको हुनसक्छ ।उनका सबै बाजा पनि चोरहरुले लगेको बताए । तिनीहरूले प्रहरी प्रशासनमा सहयोगका लागि गएका थिए तर कुनै फाइदा भएन । तिनले यस विषयमा अब अदालत जाने बताए ।










