जलपाइगढी- डुवर्समा बाघको आक्रमणको अर्को घटना भएको छ । यो घटना क्रान्ति ब्लकको देवीपुर चियाबारी नजिक भएको हो । घटनाको सम्बन्धमा नेवारा मोडका वेङचेङ उराउँ नामका व्यक्ति राजाडाङ्गा ग्राम पञ्चायत क्षेत्रको देवीपुर नजिकै रहेको आफन्तको घरमा आएका थिए । दिउँसो लगभग ४ः३० बजी तिनी आफन्तको घरबाट साइकलमा देवीपुर चियाबारी छेउछाउको सडकबाट घर फर्कदै थिए।










