प्रहरी सोधपुछमा आरोपीले खुलाए

IMG_20221202_133208.jpg

कुचबिहार: माधव सरकार नामका एक व्यक्तिले नोभेम्बर ६ मा माथाभाङ्गा नम्बर एक ब्लकको कुरापोटा बजार क्षेत्रमा बिजेपी समर्थक माणिक तालुकदारलाई गोली हानेको आरोप छ। प्रहरी हिरासतमा रहेका अभियुक्त माधव सरकारसँग सोधपुछ गरेपछि आक्रमणमा प्रयोग भएको पिस्तोल बरामद गरिएको एसडीपीओ सुरजित मण्डलले आज माथाभाङ्गा प्रहरी चौकीमा पत्रकार सम्मेलन गरी जनाएका छन्। आरोपका आधारमा घटनाको अनुसन्धान गरी २५ नोभेम्बर माधव सरकारलाई पक्राउ गरी अदालतमा पेश गरिएको सुरजित मण्डलले बताए। अदालतले तिनलाई सात दिनको निम्ति प्रहरी हिरासतमा पठाउन आदेश दिएको थियो। पक्राउ परेका व्यक्तिलाई सोधपुछ गरेपछि प्रहरीले गएराति आरोपीको घर नजिकैको जंगलबाट पिस्तोल बरामद गरेको हो। तिनले आरोपीलाई आज अदालतमा पेस गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement