तीन दिवसीय राष्ट्रिय हिन्दी नाट्य उत्सवको‌ आरम्भ

42e3e1d1-432c-4c9e-9ba9-c3d6793b3b14


कालचिनी- पश्चिम बंगाल हिन्दी एकाडेमी औ सूचना औ सांस्कृतिक विभाग अलिपुरद्वार जिल्लाको संयुक्त आयोजनामा हिजदेखि अलिपुरद्वार सहरस्थित रविन्द्र भवनमा हिन्दी नाट्य उत्सव २०२२ को शुभारम्भ भएको छ। उक्त समारोह आरम्भ हुन अघि अलिपुरद्वार सहरमा एउटा ऱ्याली निकालिएको थियो।
समारोहको शुभारम्भमा प्रमुख अतिथिको रुपमा अलिपुरद्वार जिल्ला शासक सुरेन्द्र कुमार मीणा लगायत एसजेडीए चेयरम्यान डा. सौरभ चक्रवर्ती, अलिपुरद्वार डीपीएससी चेयरम्यान परितोष बर्मन, बक्सा ब्याघ्र प्रकल्प पूर्वका डीएफडी, एडीएम भूमि विभाग औ अन्यायको उपस्थिति रहेको थियो। हिजदेखि आरम्भ भएको उक्त हिन्दी नाट्य उत्सवमा जम्मा चारवटा नाटकहरूको मञ्चन हुनेछ भने सो क्रममा हिन्दी नाटक खिड़की, असमन्जस‌बाबु, राम की शक्ति पुजा साथै अन्तिम दिन डुवर्सको इन्द्रबहादुर गुरुङको रगतको साइनो नेपाली नाटकलाई हिन्दी रुपान्तरित गर्दै खुन का रिस्ता नाटकको मञ्चन गर्न भएको युगान्तर परिवारको पक्षबाट रामकुमार लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement