कोविड़ भारत: कोरोनाक २७५ नयाँ मामिला, २ जनाको मृत्यु

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २७५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७२,९१३ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाको मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६२४ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा ३६८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,३७,६१७ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ४,६७२ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,२५,१०४ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल २१,४४,७७,८०४ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ५२,२९९ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,१९,९३,२८,५७५ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement