मुख्यमन्त्री तामाङले सुने मल्लीका जनताको गुनासो

IMG-20221201-WA0392.jpg

गान्तोक: आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले मल्ली समष्टिमा आयोजित जन सम्पर्क कार्यक्रममा भाग लिए। उनलाई यहाँका जनताले भव्यताको साथ स्वागत जनाएपछि सोझै जनतासँग भेटघाट शुरु गरे। यस अवसरमा उनले मल्ली समष्टिका २ हजार भन्दा अधिक जनतासँग भेट गरेर व्यक्तिगत रूपमा उनीहरूको गुनासो सुने। जन सम्पर्क कार्यक्रममा मुख्यमन्त्रीसँग विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थित रहेको थियो। जन गुनासो सुनेपछि मुख्यमन्त्रीले सम्बन्धित विभागका प्रमुखहरूको परामर्शमा उक्त समस्या अनि जन गुनासोको समाधान गर्ने पहल शुरू गरे। यस अवसरमा धेरै जनालाई मुख्यमन्त्री तामाङले तत्काल सहयोग पनि प्रदान गरे।

ज्ञात रहोस् गत २१ नोभेम्बर २०२२ को दिन मल्ली समष्टिमा आयोजित एक कार्यक्रम अवधि चाँडै यो समष्टिको भ्रमण गरेर जनतासँग भेट गर्ने वचन दिएका थिए। जनतालाई दिएको उक्त वचनलाई पूरा गर्दै आज मुख्यमन्त्री तामाङले मल्ली क्षेत्रमा भ्रमण गर्दै जन सम्पर्क कार्यक्रममा भाग लिएका हुन्।

आफ्नो आधिकारिक फेसबूक पेज मार्फत यो कार्यक्रममा सहभागी हुनुपाउनु अनि अतिनै खुशीको विषय रहेको बताएका छन्। जनतामाझ हुनु अनि जन गुनासो सुन्नु पाउनु आफ्नै घरमा छू जस्तो उनले महसुस गरे। मानव सेवा नै ईश्वर सेवा रहेको पनि उनले उधृत गरेका छन्।

राज्यका मुख्यमन्त्री स्वयम् यसरी समष्टिको ब्राह्मण गरेर गुनासो सुनिदिएकोमा क्षेत्रवासीले मुख्यमन्त्री प्रति आभार व्यक्त गरेका छन्। जन सम्पर्क कार्यक्रम अवधि मुख्यमन्त्री सहित मन्त्री सञ्जीत खरेल, विधायक फर्वन्ती तामाङ, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, नाम्ची जिल्लाका जिल्ला अध्यक्ष अन्जिता रजलीम, उपाध्यक्ष नौमित लेप्चा आदिको पनि ओस्थिती रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *