सिङ्ताममा विश्व एड्स दिवस पालन

IMG-20221201-WA0389.jpg

सिङ्ताम। सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी, गान्तोकद्वारा प्रायोजित तथा एसोसिएशन फर हेल्थ इन इण्डिया (एएसएचआई) सिक्किमले आज सिङ्ताम थाना छेउको परिसरमा विश्व एड्स दिवस २०२२ पालन गर्यो। यस अवसरमा सिङ्ताम थाना प्रभारी सन्त बहादुर गुरुङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा शान्तिनगर गाउँ सुधार समितिका अध्यक्ष कृष्ण छेत्री, सिङ्ताम ट्याक्सी चालक संगठनका सदस्य रवि छेत्री तथा अन्य विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो। जागृति आईआरसीए (एएसएचआई), सिच्छेकी प्रोजेक्ट डाइरेक्टर मंगलमीत लेप्चाद्वारा स्वागत जनाइएको यस एड्स दिवसको कार्यक्रमलाई पीआई सन्त बहादुर गुरुङ अनि काउन्सिलर सुवाष राईले एड्स रोगसम्बन्धि सबै मानिसहरुलाई एड्स रोग कसरी लाग़्छ अनि यस रोग सर्नबाट बाँच्नको निम्ति विशेष यौनसम्पर्क गर्दा कन्डोमको प्रयोग गर्ने सुझाउ दिए तथा प्रतिबन्धित नशालु पदार्थको सेवन कसैले पनि नगरिदिने अपील गरे। आयोजक एएसएचआईका प्रतिनिधिहरु राजु सुब्बा, नरीत लेप्चा, लतिका प्रधान, रोशिका सिञ्चुरी तथा इन्सपायर ह्युमिनिटी सोसाइटीकी प्रतिनिधि इन्दु सुबेदीको पनि उपस्थिति रहेको यस छोटो कार्यक्रमको अवसरमा कलाकार- सुमन राई, दीपक दर्नाल, निलेस राई अनि जशमीन तामाङले एड्स रोगको नियन्त्रणमाथि जागरुक गराउन एक उत्कृष्ट सड़क नाटक प्रदर्शित गरियो। कार्यक्रमलाई काउन्सिलर अञ्जली थापाले धन्यवाद प्रकट गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *