उत्तर बंगाल विश्वविद्यालयको जमिन निजीकरण गर्ने विरुद्ध मशाल रैलीको आयोजना

IMG_20221201_220311.jpg

सिलगढी: सेभ एनबीयु ल्यान्ड स्टुडेन्ट युनिटीले आज विश्वविद्यालयमा उत्तर बंगाल विश्वविद्यालयको जमिन निजीकरण गर्ने विरुद्ध मशाल रैली निकाल्यो। सेभ एनबीयु ल्यान्ड स्टुडेन्ट युनिटीका सदस्यहरूले आज हातमा मशाल बोकेर ल मोडदेखि एउटा रैली निकालेर पुरा विश्वविद्यालयको परिक्रमा गरेपछि शिवमन्दिर बजार हुँदै नेताजीको सालिग नजिक पुगेर समापन गर्यो। विश्वविद्यालयको १५ एकड जमिन राज्य सरकारको अधीनमा पर्यटन विभागको माध्यमद्वारा होटल म्यानेजमेन्टलाई हस्तान्तरण गरिरहेको आरोप रहेको छ। विक्षोभकारीहरूले बताए अनुसार विश्वविद्यालयको जमिन गैर सरकारी संस्थालाई दिन पाउँदैन। यसो भएको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने संगठनको तर्फबाट चेताउनी दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *